काठमाण्डु – नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुपर्ने शर्त पुन दोर्होयाएको छ ।
प्रतिनिधिसभाको बैठक बस्नुअघि दलका प्रमुख सचेतकहरुसँग सभामुख अग्नि सापकोटाले गरेको छलफलमा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अर्थमन्त्रीले राजीनामा दिनुपर्ने वा बर्खास्ती गर्नुपर्ने सर्त दोहोर्याएका हुन् ।
बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गराएको समाचार सार्वजनिक भएदेखि एमालेले शर्माको राजीनामा माग गर्दै आइरहेको थियो ।
बुधवारको बैठकमा शर्माले आफूमाथि उठेका प्रश्नको जवाफ दिने तयारी गरेपछि एमालेले उनलाई बहिष्कार गर्ने बताएको थियो । त्यस लगत्तै प्रतिनिधिसभाको ११ बजेलाई बोलाइएको बैठक रोकेर सभामुख अग्निप्रसाद सापकोटाले छलफल थालेका थिए ।
एमालेले राजीनामा दिनुपर्ने माग गरेको भए पनि अर्थमन्त्री शर्माको राजीनामाका बारेमा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दलका नेताहरुबिच कुरा मिल्न नसकेको हो ।
यद्यपि, संसदीय छानबिन समिति बनाउनेबारेमा भने सहति जुटेको छ । समिति बनाउनका लागि सभामुख सापकोटाले दलहरुका तर्फबाट नाम मागेका छन् ।




प्रतिक्रिया