एमाले र जसपाका जनप्रतिनिधिलाई दल रोज्न २२ गतेसम्म समय

एमाले र जसपाका जनप्रतिनिधिलाई दल रोज्न २२ गतेसम्म समय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – निर्वाचन आयोगले नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिलाई दल रोज्न भदौ २२ गतेसम्म समय दिएको छ ।

सरकारले संघीय संसद वा केन्द्रीय समितिको २० प्रतिशत पु¥याएर दल विभाजन गर्न सक्ने अध्यादेश ल्याएपछि एमाले फुटेर नेकपा एकीकृत समाजवादी र जसपा फुटेर लोकतान्त्रिक समाजवादी पार्टी बनेका छन् ।

दुवै दलले ९ भदौमा मान्यता पाएका थिए । प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिले सम्बन्धित प्रदेश तथा जिल्लास्थित निर्वाचन कार्यालयमा गएर आफूले दल रोजेकोबारे जानकारी गराउन सक्ने निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।