कंचनपुर– मंसिर २१ गते दोसो चरणमा हुने प्रदेश र प्रतिनिधी सभा निर्वाचन सदस्य निर्वाचनका लागि वितरण गरिएको टिकटको विषलाई लिएर एमाले कञ्चनपुर भित्र चरम असन्तृष्टी देखिएको छ ।
एमाले कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ र ३ को प्रदेश तर्फका उम्मेद्वारको विषयलाई लिएर नेताहरु असन्तृष्ट देखिएका हुन् । तल्लो तहबाट सिफारिस नभएका र एमाले भित्रका पर्यटक नेताहरुलाई टिकट दिएर जनताको भावना बिपरित उम्मेदवार अघि सारेको एमाले नेताहरुले आरोप लगाएका छन् ।
टिकट वितरणमा असन्तृष्टी देखिएका नेताहरुले एमाले बिरुद्ध बांगी उम्मेद्वारी दिने घोषणा समेत गरेका छन् । निर्वाचन क्षेत्र नम्बर १ को (क)बाट सिफारिस भएका लाल बहादुर विक, १ कै (ख)बाट सिफारिस भएका राजेन्द्र जोशी र ३ को (क)बाट सिफारीस भएका कर्ण चन्दले बांगी उम्मेद्वारी दिने घोषणा गरेका छन् ।
निर्वाचन क्षेत्र नम्बर १ को (क) पुर्नवास र (ख) को बेल्डांडीमा बुधबार छुट्टा छुट्टै भेला आयोजना गरि निर्णय सच्याउन उनिहरुले माग समेत गरेका छन् । नेकपा माओवादी केन्द्र र एमाले गठबन्धन अन्र्तरगत प्रतिनिधी सभाका लागि माओवादी केन्द्र र एमालेको भागमा दुवै प्रदेशका सिट भाग परेका थिए ।
एमाले नेतृत्वले लामो समयदेखि पार्टीमा आबद्ध संघर्षशिल नेताहरुको भावना विपरित टिकट दिएर गम्भिर त्रृटी गरेको उनिहरुले टिप्पणी गरेका छन् ।एमाले जिल्ला कमिटि सदस्य बिरबल विश्वकर्माले जिल्ला हुदै प्रदेशबाट केन्द्रीय कमिटिमा सिफारिस भएका उम्मेद्वार लत्याउदै बाहिरबाट प्रदेशमा टिकट दिएको भन्दै कडा आपत्ति प्रकट गरेका छन् ।
‘सिफारिस नभएका व्यक्तिलाई उम्मेद्वार बनाईयो, ‘उनले भने, ‘यसबाट पाटीलाई गम्भिर क्षति हुन्छ ।’ प्रदेशका लागि निर्वाचन क्षेत्र नम्बर १को (क)बाट सिफारिस भएका लाल बहादुर विश्वकर्माले नेतृत्वले पार्टी नीति, सिद्धान्त र पद्दती बिपरित टिकट दिएको बताए ।
प्रतिनिधी सभा सदस्यका लागि सिफारिस भएका व्यक्तिलाई प्रदेश सभामा टिकट दिएर मानमर्दन गरेको उनको भनाई छ । ‘हामी एमाले जिल्ला अध्यक्ष तारा लामा तामाङ्गले टिकट पाएको भनेर बिरुद्धमा लागेका होईनौ, ‘उनले भने, ‘पार्टीमा मिचिएको विधीको बिरुद्धमा लागेका हौं ।’
एमाले नेतृत्वलाई उनले निर्णय सच्याउन समेत अनुरोध गरेका छन् । यस्तै बेलौरी बेल्डँडीका एमाले कार्यकर्ताको भेलाले गांउ, नगर जिल्ला र प्रदेशबाट पहिलो नम्बरमा सिफारिस गरिएका उम्मेद्वार राजेन्द्र जोशीलाई नै बांगी उम्मेद्वार उठाउने निर्णय गरेका छन् ।
एमाले बेल्डांडीका नेता लक्ष्मण भाटले पार्टीले टिकट वितरणमा पुराना नेता कार्यकर्तालाई लत्याउदै जनतामांझ नचिनिएका व्यक्तिलाई टिकट दिएको बताए ।
निर्वाचन क्षेत्र नम्बर १को (ख)बाट प्रदेशका लागि सिफारिस भएका एमाले नेता राजेन्द्र जोशीले पार्टीले टिकट वितरणमा गम्भिर गल्ती गरेको बताए । निर्णय फिर्ता लिन समेत उनले पार्टीलाई आग्रह गरेका छन् ।
निर्वाचन क्षेत्र नम्बर ३ को (क) बाट एमाले युवा नेता कर्ण बहादुर चन्दले समेत बाँगी दिने तयारी गरेका छन् । उम्मेद्वार सिफारिसकै विषयमा असन्तृष्ट देखिएका नेता चन्दले कुनैपनि हालतमा उम्मेद्वारी दिने जिकिर गरेका छन् ।
एमालेले निर्वाचन क्षेत्र नम्बर १ को (क) बाट एमाले कञ्चनपुरका अध्यक्ष तारालामा तामाङ्ग र १ कै (ख)बाट अनेरास्ववियुकी नेतृ मर्यादा विष्ट र ३ को (क) बाट एमाले नेता प्रकास रावललाई टिकट दिएको छ । एमाले कञ्चनपुरको भागमा परेका सिटमा एमालेकै कार्यकर्ताले उम्मेदवारको विषयलाई लिएर असन्तृष्टी र विवाद सिर्जना गरेपछि कंचनपुरमा बाम गठवन्धन समस्यामा परेको छ ।




प्रतिक्रिया