काठमाण्डु – नेकपा एमालेले दुई जना केन्द्रीय सदस्य ऐन महर र सिराज अहमद फारुकीलाई बर्खास्त गरेको छ । एमाले केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले दुवै जनालाई बर्खास्त गरेको हो ।
उनिहरुमाथि पार्टीको अनुशासन उल्लंघन गरेको आरोप छ । पार्टी नेतृत्वले दुवै जनालाई राजीनामा दिन भनेपछि उनिहरुले निर्देशनको पालना गरेका थिए । महरमाथि यौन विचलन। र गुण्डागर्दीको आरोप छ भने सांसद समेत रहेका फारुकीमाथि आर्थिक बिचलनको आरोप छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले यसअघिको सचिवालय बैठकमा पार्टीका जिम्मेवार नेताहरुबाट नै पार्टीको वदनाम हुने काम भइरहेको भन्दै निर्मम भएर शुद्धिकरण अभियान चलाउने चेतावनी दिएका थिए । अध्यक्ष ओलीले नै बिहिवार बैठकमा महर र फारुकीको बारेमा पार्टीमा परेको उजुरीको बारेमा जानकारी दिएका थिए ।
एमालेले भने उनिहरुले राजीनामा स्वीकृत भएको वक्तव्य जारी गरेको छ । एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमाले नेता महेश बस्नेतमाथिको आरोपका बारेमा समेत बैठकमा छलफल गरेका थिए ।
बस्नेतलगायत अरु नेताहरुको बारेमा आगामी फागुन ८ मा बस्ने केन्द्रीय कमिटीको बैठकमा छलफल हुनेछ ।




प्रतिक्रिया