मुख्यमन्त्री भट्टको विपक्षमा मतदान गर्न एमालेको निर्देशन

मुख्यमन्त्री भट्टको विपक्षमा मतदान गर्न एमालेको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको विपक्षमा मतदान गर्न नेकपा एमालेले निर्देशन दिएको छ ।

एमाले सुदूरपश्चिम प्रदेशले मुख्यमन्त्री भट्टको विपक्षमा मतदान गर्न ह्वीप जारी गर्न पार्टी संसदीय दललाई निर्देशन दिएको हो ।

सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापा र सचिव राजेन्द्र रावलले संसदीय दलका नेता प्रकाश शाह र प्रमुख सचेतक दुर्गा विकलाई उक्त निर्देशनसहितको पत्र पठाएका हुन् ।

मुख्यमन्त्री भट्टले मंगलबार प्रदेशसभामा विश्वासको मत लिँदैछन् । उनलाई नेपाल समूहको मत निर्णायक हुनेछ । अध्यक्ष थापाले विपक्षमा मतदान गर्न निर्देशन दिएको जानकारी दिए ।

५२ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा एमालेका २५, माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टीका २ जना सांसद रहेका छन् ।