खोटाङमा एमालेको वडा अधिवेशन : महिलामात्रै रहेको ३१ सदस्यीय कमिटी चयन

खोटाङमा एमालेको वडा अधिवेशन : महिलामात्रै रहेको ३१ सदस्यीय कमिटी चयन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खोटाङ – खोटाङमा नेकपा एमालले वडा कमिटीका पदाधिकारी र सदस्य सबै महिला निर्वाचित गरेको छ । विधानमा पार्टीका सबै कमिटीमा ३३ प्रतिशत महिला प्रतिनिधित्व अनिवार्य गराएको एमालेले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ मा भने सबै पदाधिकारी र सदस्यहरुमा महिलामात्रै निर्वाचित गरेको छ ।

महिला नै प्रमुख अतिथि रहेको अधिवेशनले महिलामात्रै रहेको ३१ सदस्यीय कमिटी चयन गरेको हो । अधिवेशनले टारमिला राई अध्यक्ष, कमलकुमारी राई उपाध्यक्ष, सम्झना राई सचिव र अस्तिा राई तथा प्रेमकुमारी विकलाई उपसचिव चयन गरेको छ । महिलामात्रै कमिटीमा निर्वाचित भएको सम्भवतः यो एकमात्र वडा हो ।