कंचनपुर – नेकपा एमालेको कंचनपुर जिल्ला अध्यक्षमा लक्ष्मी बुढा निर्वाचित भएकी छन् । एमालेको नवौं जिल्ला अधिवेशनबाट बुढा सर्वसम्मत अध्यक्ष चयन भएकी हुन् ।
अधिवेशनबाट उपाध्यक्षमा जनकराज अवस्थी, सचिवमा पल्लवराज भट्ट, उपसचिवमा अशोक चन्द र राजीव खड्का चयन भएका छन् । उनिहरुमध्ये चन्दले अध्यक्षमा उम्मेदवारी दिएका थिए ।
जिल्ला अधिवेशनमा पांच दिनसम्म सहमतिका लागि प्रयास भएको थियो । अधिवेशनमा अधिकांश प्रतिनिधिहरु निर्वाचनको पक्षमा भएपनि नेतृत्व सहमतिको पक्षमा थियो ।




प्रतिक्रिया