काठमाण्डु – नेकपा एमाले संसदीय दलको बोर्ड गठन गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी संसदीय दलको बैठकले २७ जना सदस्य रहने गरी बोर्ड गठन गरेको हो ।
बोर्डले सांसदले अनुशासन उल्लंघन गरेर कारबाही अघि बढाउनुपरेमा निर्णय गर्नुपर्ने वैधानिक व्यवस्था रहेको छ ।
त्यस्तै बैठकले संसदीय दलको विधान संशोधन गर्न कार्यदल गठन गरेको छ । कार्यदलमा विशाल भट्टराई, शेरबहादुर तामाङ र विमला राई पौड्याल रहेका छन् ।




प्रतिक्रिया