प्रधानमन्त्रीले मन पराए नयाँ पार्टी कार्यालय, पाँच वर्षका लागि सम्झौता

प्रधानमन्त्रीले मन पराए नयाँ पार्टी कार्यालय, पाँच वर्षका लागि सम्झौता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली नयाँ पार्टी कार्यालयको अनुगमन गरेका छन् । प्रधानमन्त्री ओली धुम्बाराहीबाट थापाथली हाइटमा सरेको नयाँ कार्यालयको अनुगमनका लागि थापाथली पुगेका हुन् ।

एमालेको पार्टी कार्यालय थापाथली हाइटस्थित सञ्जय अग्रवालको घरमा सरेको हो । अग्रवालको घर पाँच वर्षका लागि भाडामा लिने सम्झौता भएको कृषि तथा पशुपक्षी विकासमन्त्री पद्या अर्यालले जानकारी दिइन् ।

मन्त्री अर्यालले प्रधानमन्त्रीले आफूलाई घर मन परेको प्रतिक्रिया दिएका छन् । प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोती दुगडले घरकोे भाडाका विषयमा सहमति नभएको बताए ।

‘भाडाको विषयमा सहमति भएको छैन् । उहाँ मेरो चिनजानको घरबेटी भएकाले जति दिए पनि हुन्छ भन्नुभएको छ’, उनले भने ।

साढे २ तलाको उक्त घरमा १३ कोठा छन् । अग्रवालको परिवार अहिले कालीमाटीमा रहेको घरमा बसिरहेको छ ।