काठमाण्डु – नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन् ।
पार्टीभित्रका विवाद एवं सरकारका विषयमा छलफल गर्न प्रधानमन्त्री अोलीले सोमबार दिउँसो ४ बजे बालुवाटारमा बैठक बोलाएका हुन् । आजको बैठकले माधव नेपाल समूहका नेताहरुमाथि कारबाही गर्ने सम्भावना रहेको छ ।
केही दिन अगाडि एमालेले नेता नेपालसहित झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा जैरुलाई सोधेको स्पष्टिकरण सोधेको थियो । आजको बैठकले उनीहरुमाथि थप कारबाहीको सम्भावना रहेको स्रोतले जानकारी दियो ।




प्रतिक्रिया