एमाले अध्यक्ष ओलीले दायर गरेको रिटको पेसी प्रधानन्यायाधीशको इजालसमा

एमाले अध्यक्ष ओलीले दायर गरेको रिटको पेसी प्रधानन्यायाधीशको इजालसमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग, नेकपा (एकीकृत समाजवादी)लगायतलाई विपक्षी बनाई दायर गरेको रिटको सुनुवाई हुँदैछ ।

उक्त निवेदनको पेसी प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलास तोकिएको छ । नेकपा एकीकृत समाजवादी दर्ता अवैधानिक रहेको जिकिरसहित अध्यक्ष ओलीले रिट दायर गरेका थिए ।

यसअघि २० भदौमा पनि प्रधानन्यायाधीशै इजलासमा सुनुवाइ तोकिए पनि सो मुद्दा हेर्न नभ्याइनेमा राखिएको थियो । एमालेले कारवाही गरेका १४ सांसद र ९ केन्द्रीय सदस्यको सनाखत गैरकानूनी भएको भन्दै ओलीले नेकपा एकीकृत समाजवादी खारेजीको माग गरेका छन् ।

त्यस्तै ह्वीप उल्लंघनमा पार्टीले कारवाहीका लागि सिफारिस गरेका सांसदलाई पदमुक्तको सूचना टाँस नगरेको भन्दै सभामुख अग्नि सापकोटालाई पनि रिटमा विपक्षी बनाइएको छ ।