काठमाण्डु – ललितपुर क्षेत्र नम्बर २ मा एमालेले अग्रता बढाएको छ। उसलाई लौरो चुनाव चिह्न लिएर उठेका हाम्रो नेपाली पार्टीका उम्मेदवारले नजिकबाट चुनौती दिइरहेका छन् ।
प्राप्त पछिल्लो मत परिणामअनुसार नेकपा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जन १३६७ हासिल गर्दा हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले १०९७ मत पाएका छन् ।
सत्ता गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका कृष्णलाल महर्जन यहाँ तेस्रो छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार चौथो स्थानमा छन् । उनीहरूले क्रमशः ८७७ र ७९० मत प्राप्त गरेका छन् । राप्रपाका रघुवर राज थापाको ६७६ मत छ ।




प्रतिक्रिया