काठमाण्डु-एमालेले आइतबारबस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरूमा ह्विप जारी गरेको छ ।
प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएकोले एमालेले आफ्ना सांसदहरुलाई ह्विप जारी मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।
प्रधानमन्त्री ओलीलाई संसद्को सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले विश्वासको मत दिने भएकोले बहुमत जुटाउन सकस छैन । यद्यपि ओलीले दुई तिहाइ समर्थन जुटाउने लक्ष्यका साथ साना दलहरूसँग पनि विश्वासको मत मागिरहेका छन् ।
प्रतिनिधिसभामा एमालेका ७९ सांसद छन् । जसमध्ये देवराज घिमिरे सभामुख छन्, उनलाई दलीय ह्वीप लाग्दैन । भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका टोपबहादुर रायमाझी निलम्बनमा छन् । यसर्थ एमालेसँग प्रतिनिधिसभामा मतदानयोग्य ७७ मत छन् ।
२७५ सदस्यीय प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीलाई विश्वासको मत पाउन १३८ मत आवश्यक पर्छ । एमाललेलाई ८८ मत रहेको नेपाली कांग्रेसले मतदान गर्दा सहजै बहुमत जुट्ने अवस्था छ ।




प्रतिक्रिया