एमालेका ९ नेताको विज्ञप्ति : नेपाल र ओली दुवैलाई आफ्नो निर्णयबाट पछि हट्न आग्रह

एमालेका ९ नेताको विज्ञप्ति : नेपाल र ओली दुवैलाई आफ्नो निर्णयबाट पछि हट्न आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– एमालेका नौ जना नेताले पार्टी एकताको सम्भावना अझै बांकी रहेको बताएका छन् । माधवकुमार नेपालले एमाले फुटाएर नयां पार्टी बनाउने निर्णयमा असहमति राखेका नौ जना नेताहरुले अझै पनि एकताको सम्भावना रहेको दाबी गरेका हुन ।

बिहिवार राति वक्तव्य जारी गर्नेहरुमा यसअघि नेपाल निकट भनेर चिनिएका उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य, भीम रावल, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिवहरु गोकर्ण विष्ट, योगेश भट्टराई भीम आचार्य, स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन् ।

उनिहरुले एमाले समाजवादी गठन गर्ने नेता नेपालको निर्णय फिर्ता हुनुपर्ने र उनिमाथी एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको कारबाहीको निर्णय समेत सच्याउनुपर्ने माग राखेका छन् ।

एमालेका प्रभावशाली नौ नेताहरुले पार्टी अध्यक्षको तर्फबाट १० बुंदे सहमतिको तत्काल कार्यान्वयन गर्न समेत आग्रह गरेका छन् ।

उनिहरुले एमाले फुटाउनकै लागि शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशको पनि विरोध गरेका छन्। यो अध्यादेशले नेपालको लोकतान्त्रिक प्रणाली नै अस्तव्यस्त बनाउने उनीहरुको दावी छ ।