एमालेभित्र माधव नेपालको विकल्पमा तेस्राे धार : पार्टी एकताको धारणा सार्वजनिक गर्दै

एमालेभित्र माधव नेपालको विकल्पमा तेस्राे धार : पार्टी एकताको धारणा सार्वजनिक गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेमा नयाँ धार जन्मिएको छ । वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी गठन गरेपछि एमालेभित्र नयाँ धारको जन्म भएको हो । अध्यक्ष केपी शर्मा ओलीको चर्को विरोध गर्दै आइरहेका नेपाल समूहका नेताहरुले तेस्राे धार ब्यूँताएका हुन् ।

बिहीबार राती एमाले उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिवहरु गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य, स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे र रघुजी पन्तले एक विज्ञप्ति जारी गर्दै पार्टीलाई एकताबद्ध बनाउन माग गरेका छन् ।

माधव नेपालको नयाँ पार्टीमा सहभागी नभएका ९ जना नेताहरु एमाले अध्यक्ष ओली समूहमा आएको आँकल गरिएपनि उनीहरुले एमालेभित्र अर्न्तसंघर्ष गर्ने निर्णय गर्दै नयाँ पार्टीमा नजाने निष्कर्षमा पुगेका हुन् । नेताहरुले एमालेमा अध्यक्ष ओलीको कदमविरुद्ध संघर्ष गर्दै अगाडि बढ्ने सहमति गरेका छन् ।

उनीहरुले एमाले समाजवादी गठन गर्ने नेता नेपालको निर्णय फिर्ता हुनुपर्ने र उनिमाथी अध्यक्ष ओलीले गरेको कारबाहीको निर्णय समेत सच्याउनुपर्ने माग राखेका छन् ।

एमालेका प्रभावशाली नौ नेताहरुले पार्टी अध्यक्षको तर्फबाट १० बुंदे सहमतिको तत्काल कार्यान्वयन गर्न समेत आग्रह गरेका छन् ।

उनीहरुले एमाले फुटाउनकै लागि शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशको पनि विरोध गरेका छन् । यो अध्यादेशले नेपालको लोकतान्त्रिक प्रणाली नै अस्तव्यस्त बनाउने उनीहरुको दावी छ ।

पार्टी एकताको धारणा सार्वजनिक गर्दै

माधव नेपालको नयाँ पार्टीलाई बहिस्कार गरेका नेताहरुले एकताको धारणा सार्वजनिक गर्ने भएका छन् । नेता सुरेन्द्र पाण्डले सोही विषयमा केन्द्रीय सदस्य र सांसदहरुको बैठक बसिरहेको जानकारी दिए ।

‘बैठक बसिरहेको छ । सबै कुरा सोही बैठकमा आउँछ,’ काठमाण्डुपाटीसँग संक्षिप्त कुराकानी गर्दै उनले भने ।