भूगोलबाट प्रतिनिधि बढाउन एमाले नेताहरुको माग

भूगोलबाट प्रतिनिधि बढाउन एमाले नेताहरुको माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका केन्द्रीय कमिटी सदस्यहरुले भूगोलका आधारमा प्रतिनिधि बढाउन माग गरेका छन् ।

शुक्रबारबाट सुरु भएको एमालेको दशौँ राष्ट्रिय महाधिवेशनको तयारीलगायतका विषयमा छलफल गर्न बसेको केन्द्रीय कमिटी बैठकमा नेताहरुले भूगोलबाट महाधिवेशनमा प्रतिनिधित्व बढाउन माग गरेका हुन् ।

उपाध्यक्ष भीम रावलसहित नेताहरु हिक्मत कार्की, गोकुल बाँस्कोटा, झपट रावल लगायतले भूगोलबाट प्रतिनिधि कम भएको भन्दै बढाउनुपर्ने माग बैठकमा गरेका छन् ।

भूगोलबाट एक हजार १९६ जना प्रतिनिधि चयन हुने व्यवस्थालाई बढाउनुपर्ने उनीहरुको भनाइ छ । उनीहरुले प्रतिनिधि १८ सयदेखि २ हजार बनाउनपुर्ने माग गरेका छन् ।