काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । आइतबार साढे १२ बजे राष्ट्रपति भवन शीतल निवास पुगेर ओलीले राष्ट्रपचि भण्डारीसँग भेट गरेका हुन् ।
शीतल निवास स्रोतका अनुसार भर्खरै गएको दशैं, तिहार र नजिकिएको छठ पर्वका अवसरमा शुभकामना आदान प्रदानका लागि अध्यक्ष ओली शीतलनिवास पुगेका हुन् । त्यसबाहेक अध्यक्ष ओली र राष्ट्रपति भण्डारीबीच आगामी मंसिरमा हुने एमाले महाधिवेशनका बारेमा समेत कुराकानी भएको छ ।
राष्ट्रपति भण्डारी नवौं महाधिवेशनमा उपाध्यक्ष निर्वाचित भएकी थिइन् । एमालेको दशौँ महाधिवेशन आगामी मंसिर १०, ११ र १२ गते चितवनमा हुँदैछ । सोही महाधिवेशनका विषयमा उनीहरुबीच छलफल भएको स्रोतले बतायो ।




प्रतिक्रिया