लेखराजको दावी : एमालेकाे सुदूरपश्चिम इञ्चार्ज मै हुँ

लेखराजको दावी : एमालेकाे सुदूरपश्चिम इञ्चार्ज मै हुँ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका नेता लेखराज भट्टले पार्टीको सुदूरपश्चिम प्रदेशको इञ्चार्ज आफू नै भएको बताएका छन् ।

मंगलबार एमाले पार्टी कार्यालय थापाथलीमा बसेको १० बुँदे कार्यान्वयन गठित कार्यदलको पहिलो बैठकपछि पत्रकारसँग सक्षिप्त प्रतिक्रिया दिँदै नेता भट्टले सुदुरपश्चिमको इञ्चार्ज आफु नै भएको दावी गरेका हुन् ।

उनले १० बुँदे सहमति कार्यान्वयनको विषयमा तीन पक्षलाई ख्याल गरेर जानेबारे कुरा भइरहेको बताए ।‘तीनटा  पक्षलाई ध्यानमा राखेर जेठ २, जेठ ३ र क्रियाशील साथीहरू जो पछिल्लो चरणमा काम गरिरहेका छन्, सबैलाई समेटेर जाने नै भन्ने भएको छ,’ उनले भने ।

सोमबार बसेको एमाले स्थायी कमिटीको बैठकले एमालेभित्र १० बुँदे सहमति कार्यान्वयनमा सहजीकरण गर्न भीम रावलको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।

एमालेले १० बुँदे कार्यान्वयन समान रूपले नभइरहेको भनेर असन्तुष्ट रहेका रावललाई नै संयोजकको जिम्मेवारी दिएपछि कार्यदल सक्रिय भएको छ । यता १० बुँदे कार्यान्वयन र सुदूरपश्चिम इन्चार्जबारे भने नेता रावलले कूटनीतिक जवाफ दिए ।

‘१० बुँदेको कार्यान्वयन धेरै ठाउँमा भइसकेको छ,’ उनले भने, ‘जहाँ कार्यान्वयन हुन सकिरहेको छैन्, त्यसलाई पनि छिटो कार्यान्वयन गरेर जाने सहमति भएको छ ।’

कार्यदलमा संयोजक रावलसहित महासचिव ईश्वर पोखरेल, उपमहासचिवद्वय विष्णु पौडेल, घनश्याम भुसाल, स्थायी कमिटीका सदस्यहरू शंकर पोखरेल, सुरेन्द्र पाण्डे र भट्ट छन् ।