मुख्यमन्त्री केसीले विश्वासको मत लिने प्रक्रिया सुरू, एमालेद्वारा बहिष्कार

मुख्यमन्त्री केसीले विश्वासको मत लिने प्रक्रिया सुरू, एमालेद्वारा बहिष्कार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु— लुम्बिनी प्रदेश सभामा मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत लिने प्रक्रिया सुरू भएको छ । प्रदेश सभाको नवौँ अधिवेशनको तेश्रो बैठक एमाले सांसदहरुले नाराबाजी गर्दै रोस्टम घेराउ गरेपछि स्थगित भएको थियो ।

पुनः साढे २ बजे सुरू भएको बैठकलाई सभामुखले तेश्रो बैठककै रुपमा निरन्तरता दिएका हुन् । ९ मिनेट मात्र चलेको बैठकमा ४ वटा विधेयक पेश भएलगत्तै बैठक साढे ३ बजेसम्मका लागि स्थगित भएको थियो एमाले सांसदहरुले भने सो बैठक बहिस्कार गरेको थियो ।

साढे ३ बजेपछि सुरू भएको बैठकमा सभामुख पूर्णबहादुर घर्तीले संविधानको धारा १८८ को उपधारा १ र प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम केसीले मुख्यमन्त्रीमा बिश्वासको मत लिने प्रकृया अघि बढाएका छन् ।

प्रमुख प्रतिपक्ष दलले तेस्रो उक्त बैठक पनि बहिस्कार गरेका छन् । प्रमुख प्रतिपक्ष दलका संसदीय दलका उपनेता बैजनाथ चौधरीले प्रदेश सभा सचिवालयले विपक्षी दलको माग सुनुवाई नभएकाले बैठकमा उपस्थित नहुने जनाए ।

मुख्यमन्त्री केसीले विश्वासको मत लिने बैठकमा राष्ट्रिय जनमोर्चाकी प्रदेश सभा सदस्य तारा जिसी मात्र प्रतिपक्षको कुर्सीमा थिइन्। जनमोर्चाले मुख्यमन्त्रीलाई समर्थन गरेको छ । जनमोर्चा उपस्थित भएकाले बैठक चल्न नरोकिने सत्तारूढ दल माओवादी केन्द्रका सांसद सुदर्शन बरालले बताए ।