माओवादीबाट निर्वाचित गाउँपालिका उपाध्यक्षसहित दर्जनौँ नेता एमालेमा प्रवेश

माओवादीबाट निर्वाचित गाउँपालिका उपाध्यक्षसहित दर्जनौँ नेता एमालेमा प्रवेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रबाट गाउँपालिकामा निर्वाचित एकजना उपाध्यक्षसहित दर्जनौँ नताहरु नेकपा एमालेमा प्रवेश गरेका छन्।बिहीबार माओवादीको सुदूरपश्चिम प्रदेश कमिटी सदस्य एवम् अछाम जिल्ला सह ईन्चार्ज समेत रहेका अछामको बान्नीगढी जयगढ गाउँपालिकाका उपाध्यक्ष लोकबहादुर साउदसहित दर्जनौ नेताहरु एमालेमा प्रवेश गरेका हुन् ।

बान्नीगढी जयगढ गाउँपालिकामा आज आयोजना गरिएको कार्यक्रममा नेकपा एमालेमा प्रवेश गरेका उनीहरुलाई एमाले केन्द्रीय सदस्य तथा अछाम जिल्ला ईन्चार्ज झपट बहादुर बोहराले पार्टीमा स्वागत गरेका छन् ।

उपाध्यक्ष साउदले साविकको नेकपा तथा वाम एकताको निरन्तरतास्वरुप समाहित भएको दावी गरे । अब साउदले नेकपा एमालेबाट आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष पदकाे लागि निर्वाचन लड्ने भएका छन्।

सो कार्यक्रममा एमालेका केन्द्रीय सदस्य तथा सह इन्चार्ज यज्ञ बोगटी,प्रदेश कमिटी उपाध्यक्ष कमलराज तिमिल्सैना,प्रदेश कमिटी सदस्य निर्मला रावल,शिव प्रसाद तिमिल्सैना,नरेन्द्र साउँद,डी.वि साउद,जिल्ला कमिटी अध्यक्ष चन्द्र बोहरा लगायतका नेता,कार्यकर्ताको सहभागिता रहेको थियो ।