माधव नेपाल समूहलाई मूलधारमै फर्किन एमालेको आग्रह

माधव नेपाल समूहलाई मूलधारमै फर्किन एमालेको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले माधवकुमार नेपाल पक्षलाई मूल धारमै फर्किन आग्रह गरेको छ । आज ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृती प्रतिष्ठानमा बसेको स्थायी कमिटी बैठकले नेता नेपाल समूहलाई एमालेमै फर्कन आग्रह गरेको हो ।

एमाले विभाजित हुँदा राजनीतिक स्थायित्व, लोकतन्त्र, सम्बृद्धि र समाजिक न्यायकै भविश्यमा दुष्परिणाम सिर्जना हुने एमालेको निष्कर्ष छ ।

‘तमालेबाट विभाजित भएर अलग्गै पार्टी दर्ता गर्ने प्रयास गरिरहेका कमरेडहरूलाई हामी आग्रह गर्छौँ । मुलुकका सामु उपस्थित असाधारण सम्भावना र अकल्पनीय चुनौतीप्रति संवेदनशील हुँदै पार्टीको काँधमा उपस्थित ऐतिहासिक अभिभाराप्रति सचेत रहँदै गलत र हानिकारक बाटो छाडेर पार्टी एकतामा आबद्ध हुनुहोस्, आफ्नो मूलधारमा फर्किनुहोस्’, एमालेले भनेको छ ।

त्यस्तै विभाजनकारी गतिविधि र छुट्टै दल दर्ताको प्रक्रियाबाट अलग भएर पार्टी एकतामा योगदान गर्नेहरुलाई पार्टीमा स्वागत गरिने पनि एमालेले जनाएको छ ।

माधव नेपालले एमाले फुटाएर निर्वाचन आयोगमा छुट्टै पार्टी दर्ताका लागि निवेदन दिएका छन् । त्यसका लागि आयोगले बुधबार माधव नेपाल समूहका ५८ जनालाई सनाखतका लागि बोलाएको छ ।