काठमाण्डु – पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल समूहमा रहेका पूर्वएमालेका नेताहरु पुरानै पार्टीमा फर्किने भएका छन् ।
सोमबार बानेश्वरमा बसेको पूर्वएमालेका नेताहरुको बैठकले पुरानै पार्टीमा फर्किएर केपी ओलीविरुद्ध संघर्ष गर्ने भएका हुन् । बैठकले दल विहीन भएको अवस्थामा एमालेमा फर्किएर संघर्ष गर्ने निर्णयमा पुगेका हुन् ।
बैठकले सर्वोच्च अदालतको आदेशलाई सम्मान गर्दै एमालेभित्र रहेर संघर्ष गर्ने निर्णय गरेको हो । एमाले आफूहरुले बनाएको पार्टी भएकाले जस्तो परिस्थिति आए पनि सामना गरेर अघि बढ्ने निष्कर्षमा नेताहरु पुगेका हुन् ।
बैठकमा माधव नेपालसहित भीम रावल, योगेश भट्टराई, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, झलनाथ खनालसहित १३ जना स्थायी कमिटी सदस्यहरुको उपस्थिति रहेको थियो ।




प्रतिक्रिया