काठमाण्डु – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कार्यदलको प्रतिवेदनमा असन्तुष्टी जनाएका छन् । आइतबार बिहान नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका कार्यदल सदस्यसँग उनले कार्यदलको १० बुँदे सहमति असन्तुष्टी जनाएका हुन् ।
कार्यदलले तयार पारेको १० बुँदे सहमतिपत्रमा नेता नेपालले असन्तुष्टी जनाएको सदस्य शंकर पोखरेलले जानकारी दिए । उनले माधव नेपालले कार्यदलको प्रतिवेदनमा असहमति जनाएसंगै तीन महिनाको मेहनत खेर गएको बताएका छन् ।
‘माधव नेपालले कार्यदलको प्रतिवेदनमा असहमति जनाएसंगै तीन महिनाको मेहनत खेर गयो’, उनले भने ।
गत शुक्रबार बसेको नेकपा एमालेको स्थायी कमिटी बैठकले एमाले विवाद समाधान गर्न गठन भएको कार्यदलको १० बुँदे सहमति अनुमोदन गरेको थियो ।




प्रतिक्रिया