देउवालाई विश्वासको मत दिने नेपाल पक्षका २२ जना सांसदलाई स्पष्टिकरण पठाइयो

देउवालाई विश्वासको मत दिने नेपाल पक्षका २२ जना सांसदलाई स्पष्टिकरण पठाइयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले माधव नेपाल पक्षका २२ जना सांसदलाई स्पष्टिकरण सोधेको छ । साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना सांसदलाई स्पष्टिकरण सोधेको हो ।

पार्टीको नियम उल्लंघन गरेको भन्दै २२ जना सांसदलाई स्पष्टिकरण पठाइएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनीहरुलाई २४ घण्टाभित्र जवाफ दिन निर्देशन दिइएको छ ।

’पार्टीका विरुद्ध विभिन्न भेला आयोजना गर्ने, गुटगत गतिविधि सञ्चालन गर्ने र पार्टिको निर्णय विरुद्धमा आफू र अरु समेत संलग्न भई विभिन्न कार्य गर्ने गराउने जस्ता अनुशासनहीन, अराजक, अनैतिक र अलोकतान्त्रिक तरिका प्रयोग गरी विपक्षी गठबन्धनमा सामेल भई अपराधपूर्ण कार्य के कति कारणले गर्नु भएको हो ?’, स्पष्टीकरण पत्रमा भनिएको छ ।

देउवालाई मत दिनेमा माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ किसान, गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जन रहेका छन् ।