प्रधानमन्त्रीलाई नेपाल समूहका नेताको आग्रहः बैठक रोक्नूस्

प्रधानमन्त्रीलाई नेपाल समूहका नेताको आग्रहः बैठक रोक्नूस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमाले माधव नेपाल समूहका नेताहरुले केन्द्रीय कमिटी बैठक रोक्न आग्रह गरेका छन् ।

शुक्रबार बालुवाटार पुगेर नेपाल समूहका सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र भीम आचार्यले केन्द्रीय कमिटीको बैठक रोक्न आग्रह गरेका हुन् ।

उनीहरुले वार्ताका माध्यमबाट पार्टीलाई एकताबद्ध बनाउने प्रयास भइरहेका बेला एकपछि अर्को बैठक बोलाएर माहोल नबिगार्न आग्रह गरेको स्रोतले जानकारी दियो ।

उनीहरुले माधव नेपालसँग एकपटक वार्ता गर्न पनि आग्रह गरेका थिए । छलफल जारी रहेकाले निचोड नआउँदासम्म दुवै पक्ष अगाडी बढ्न नहुने उनीहरुले बताएका हुन् ।

‘एकपछि अर्को बैठक गर्दै अगाडि बढ्नुभयो भने माहोल बिग्रन्छ,’ उनीहरुले भने ।

जवाफमा प्रधानमन्त्रीले अन्य नेताहरुसँग पनि छलफल गरेर निर्णय गर्ने बताएका थिए । त्यसपछि प्रधानमन्त्री ओलीले केन्द्रीय कमिटीको बैठक सुरु गरेका थिए ।

प्रधानमन्त्री ओलीले नेकपा एमालेको विवाद समाधान गर्न पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने निर्णय गरेका छन् । त्यस्तै महाधिवेशन आयोजक कमिटीसमेत भंग गरिएको छ ।