नेपाल–खनाल समूहको रिट सर्वोच्चमा दर्ता

नेपाल–खनाल समूहको रिट सर्वोच्चमा दर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका नेता माधवकुमार नेपाल–झलनाथ खनाल पक्षका नेताले अध्यक्ष केपी शर्मा ओलीले सांसद पद नरहने गरी कारबाही रोक्न माग गर्दै दिएको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।

उक्त रिटमा आइतबारका लागि पेशी तोकिएको सर्वोच्च अदालत स्रोतले जानकारी दिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई सांसद पदबाट हटाउनसक्ने भन्दै नेकपा एमालेको नेपाल समूहका सांसदहरु सर्वोच्च अदालत गएका हुन् ।

उनीहरुले एमाले पुनस्र्थापित भएपछि अध्यक्ष ओलीले गरेका निर्णयहरु बदर गर्न र सांसदबाट नहटाउन आदेश माग गरेका छन् ।

उनीहरुले प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओली, पार्टी महासचिव ईश्वर पोखरेल, निर्वाचन आयोग र सभामुखलाई विपक्षी बनाएर रिट दर्ता गरेका हुन् ।