काठमाण्डु – नेकपा एमालेले २ हजार १ सय ७५ जना १० औँ महाधिवेशनका लागि प्रतिनिधि छनोट गरेको छ । आदिवासी, महिला, जनजाति लाईसमेत समेटेर प्रतिनिधि छनोट भएका हुन् । मनोनित र निर्वाचित भएका प्रतिनिधिले मतदान गर्न पाउने छन् ।
एमालेको गए राति सम्पन्न नवौँ महाधिवेशनबाट निर्वाचित अन्तिम केन्द्रीय कमिटी बैठकले यसअघि विधान महाधिवेशनले पारित गरेको विधानलाई संशोधन गर्दै केन्द्रीय समितिको आधार बढाउने निर्णय गरेको छ ।
जसमा २२५ केन्द्रीय कमिटी सदस्यको साटो ३०१, १५ जनाको पदाधिकारीको साटो १९, १५ सदस्यीय आयोगलाई २५ र पोलिट्ब्युरो कमिटीलाई ब्युँताइएको छ ।




प्रतिक्रिया