एमालेको महाधिवेशन मूल व्यवस्थापनको सह संयोजकमा पाण्डे र सचिवमा रिमाललाई जिम्मेवारी

एमालेको महाधिवेशन मूल व्यवस्थापनको सह संयोजकमा पाण्डे र सचिवमा रिमाललाई जिम्मेवारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले एमालेको दसौं महाधिवेशन मूल व्यवस्थापनको सहसंयोजकको जिम्मेवारी पाएका छन् । व्यवस्थापनको संयोजक भने स्थायी कमिटी सदस्य रामबहादुर थापाले पाइसकेका छन् ।

एमालेको दुई दिनसम्म बसेको स्थायी कमिटी बैठकले थापाको संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन कमिटी गठन गरेको हो । एमाले नेता विष्णु रिमाललाई सचिवको जिम्मेवारी दिइएको छ ।

मूल व्यवस्थापन कमिटीको सचिव विष्णु पौडैल र सदस्यहरुमा पृथ्वी शुब्बा गुरुङ, योगेश भट्टराई, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, काशीनाथ अधिकारी, भानुभक्त ढकाल, यमलाल कँडेल, राजन भट्टराई रहेका छन्।

त्यस्तै अन्य सदस्यहरुमा देवी ज्ञवाली, सीता पौडेल, विनोद श्रेष्ठ, आनन्द पोखरेल, लीला गिरी, कपिल पोखरेल, कृष्णभक्त पोखरेल, पार्वती रावल र दीपक देवकोटा रहेका छन्।

एमालेको स्थायी समितिको बैठकले दुई जना पुर्व प्रदेश सांसदलाई केन्द्रीय समितिमा मनोनित समेत गरेको छ । दुवै जना नेता प्रभु शाह निकट हुन । बैठकले बाराका मोहम्मद समीर र रौतहटका कुन्दन कुसवाहलाई केन्द्रीय सदस्य नियुक्त गरेको हो ।