नेकपा एमालेको महाधिवेशनमा भारत र चीनसहित ६२ राजनीतिक दललाई निमन्त्रणा

नेकपा एमालेको महाधिवेशनमा भारत र चीनसहित ६२ राजनीतिक दललाई निमन्त्रणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले १० औँ महाधिवेशनमा विदेशी सुभचिन्तकहरुलाई निमन्त्रणा गरेको छ । छिमेकी देशसहित विभिन्न देशका ६२ वटा राजनीतिक दलहरूलाई निम्तो पठाएको छ ।

आगामी मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने दसौँ राष्ट्रिय महाधिवेशनमा भारत, चीन लगायत विभिन्न देशका ६२ वटा राजनीतिक दललाई अतिथिका रूपमा निम्तो पठाएको एमाले केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

निम्तो स्वीकार गरेपछि मात्रै कुन कुन देशबाट अतिथिहरू आउछन् भन्ने टुङ्गो लाग्ने उनको भनाइ छ । नेकपा एमालेको १० औँ महाधिवेशन सफल बनाउनका लागि विभिन्न समिति गठन गरेको छ ।