एमाले महाधिवेशनः नेतृत्व चयनका लागि भएकाे मतदान सकियाे, १ बजेसम्म परिणाम आइसक्ने

एमाले महाधिवेशनः नेतृत्व चयनका लागि भएकाे मतदान सकियाे, १ बजेसम्म परिणाम आइसक्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन – नेकपा (एमाले) को नेतृत्व चयनका लागि भइरहेको मतदान सकिएकाे छ ।

कूल दुई हजार १५३ मध्ये दुई हजार ८१ मतदाताले मत हालेकाे  निर्वाचन आयोगका सदस्य बाबुराम दाहालले  जानकारी दिए । १ बजेसम्म परिणाम आइसक्ने बताइएको छ ।

मतदान प्रक्रिया बन्द भएपछि प्राविधिकसँग छलफल गरेर मत गणना सुरु गरिनेछ । मतदान बिहान ४ बजेबाट सुरु भएको थियो । अध्यक्षमा केपी शर्मा ओली र भीम रावलले उम्मेदवारी दिएका छन् ।