नेकपा एमाले संसदीय दलको विधान संशोधन, आजै अनुमोदन गरिने

नेकपा एमाले संसदीय दलको विधान संशोधन, आजै अनुमोदन गरिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमाले संसदीय दलको बैठकले विधान संशोधन केन्द्रीय समितिमा लैजाने निर्णय गरेको छ ।

केही बेरपछि बस्ने केन्द्रीय समितिको बैठकमा विधान संशोधन लैजाने निर्णय भएको सांसद बस्नेतले जानकारी दिए ।संसदीय दलको बैठकले विधान संशोधन प्रस्ताव परित गरेर केन्द्रीय समितिमा पठाउने निर्णय गरेको छ’, उनले भने ।

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले उक्त विधान आजै अनुमोदन हुने बताए । ‘उक्त विधानमा हरेका त्रुटीलाई सच्याउँदै समयानुकुल बनाउँदै हामीले विधान पास गरेका छौं । आजबाट नेकपा एमाले संसदीय दलको विधान, २०७७ पारित भएको छ,’ उनले भने, ‘आजै बस्ने पार्टी केन्द्रीय कमिटी वैठकले विधान अनुमोदन गर्छ ।’

बिहीबार बसेको एमाले संसदीय दलको बैठकले सांसदहरु विशाल भट्टराई, शेरबहादुर तामाङ र राष्ट्रियसभा सदस्य विमला राई पौडेल रहेको ३ सदस्यीय विधान संशोधन कार्यदल बनाएको थियो । सोही कार्यदलले तयार पारेको संशोधन प्रस्ताव आजको बैठकले पारित गरेको हो ।