एमालेका ७ नेता स्थायी कमिटीमा मनोनित

एमालेका ७ नेता स्थायी कमिटीमा मनोनित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– एमालेले पार्टीको माथिल्लो तहमा जिम्मेवारी बाँडफाँट गर्दै संगठनात्मक संरचना विस्तार गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको एमाले सचिवालय बैठकले अध्यक्ष केपी ओलीको प्रस्तावमा सात नेतालाई स्थायी कमिटी सदस्यमा मनोनयन गर्ने निर्णय गरेको हो ।

मनोनित हुनेमा ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, देवराज घिमिरे, शिवमाया तुम्बाहाम्फे, लालबाबु पण्डित, थममाया थापा र काशिनाथ अधिकारी छन् ।

सचिवालयको निर्णय केन्द्रीय कमिटीबाट अनुमोदन भएपछि उनीहरूले औपचारिक रुपमा स्थायी कमिटी सदस्यको जिम्मेवारी प्राप्त गर्नेछन् ।

एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी दिने प्रस्तावसमेत अघि सारेको छ । सचिवालयले गरेको प्रस्ताव अब केन्द्रीय कमिटीबाट अनुमोदन हुनेछ ।