काठमाण्डु- नेकपा माओवादी केन्द्रका नेताहरुले एमालेका कारण शान्ति प्रक्रियाको काम रोकिएको बताएका छन् ।
नेकपा माओवादीसहित माओवादी धारका ९ दलहरूले आज काठमाण्डुमा पत्रकार सम्मेलन गर्दै नेकपा एमलेका कारण शान्ति प्रक्रियाको काम रोकिएको आरोप लगाएका हुन् ।
उनीहरुले ‘द्वन्द्वकालीन मुद्दा’ अदालतबाट हेर्न नहुने दाबी गरे । यसैबीच सोही पत्रकार सम्मेलनमा बोल्दै विस्तृत शान्ति सम्झौताको मर्मअनुसार शान्ति प्रक्रिया टुंगोमा पुर्याउनुपर्ने र द्वन्द्वकालीन मुद्दालाई फौजदारी मुद्दाका रूपमा हेर्न नहुने माओवादीका महासचिव देवप्रसाद गुरूङले बताए।
नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले नेकपा एमालेको असहयोगका कारण द्वन्द्वकालीन घटनामा न्याय निरुपण यथावत रहेकोसमेत आरोप लगाएका छन् ।
‘पटक पटक दलहरुका बीचमा सहमति नजुट्दासम्म विधेयक अगाडि बढ्न सकेन, विडम्बनाको विषय भनौं नेकपा एमालेको नेतृत्वले शान्ति प्रक्रिया टुंग्याउन लगातार नकारात्मक खालको धारणा राख्दै आयो । विधेयक अन्तिम समयमा पुग्दा पनि उहाँहरुको फरक धारणाका कारण डेडलक भयो ।, पछिल्लो समयमा एमालेकै कारण विधेयक अड्कियो।’, उनले भने ।
उता सदनमा विधेयक अड्काउने र अर्कोतर्फ द्वन्द्वकालीन मुद्दालाई फौजदारी मुद्दा सरह नियमित अदालतमा लैजाने प्रवृत्ति देखिएको गुरुङले दाबी गरेका छन् ।




प्रतिक्रिया