किन बाहिरिदैँ छन् मधेश सरकारबाट एमाले र माओवादी ?

किन बाहिरिदैँ छन् मधेश सरकारबाट एमाले र माओवादी ?

File photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- मधेश सरकारबाट नेकपा एमाले र नेकपा माओवादी केन्द्र बाहिरिने भएका छन् । एमाले र माओवादीले मधेश सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिन लागेका हुन् ।

मधेशमा जनता समाजवादी पार्टी नेपालका नेता सरोजकुमार यादव मुख्यमन्त्री छन् । केन्द्रमा जसपा नेपाल विभाजन भएपछि मदेश प्रदेशमा यादव नेतृत्वको सरकार ढाल्ने एमाले माओवादीको तयारी छ ।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट अलग्गिएर अशोक राई नेतृत्वमा जनता समाजवादी पार्टी (जसपा) गठन भएको छ । मधेशमा जसपा नेपाल बाहेकको सरकारको अन्तरिक प्रयासमा एमाले माओवादी र जसपाका नेताहरु जुटेका हुन् ।

मधेश प्रदेशमा जसपा नेपालका १९ जना सांसद छन् । १९ जनामध्ये कति जना सांसद अशोक राईको पक्षमा जान्छन् भन्ने अहिलेसम्म टुङ्गो लागेको छैन । तर, उपेन्द्र यादवले मधेश प्रदेशमा आफ्नो पक्षमा धेरै सांसद रहेको दावी गर्दै आएका छन् ।