माओवादी एमाले मिल्नुमा विष्णु, वर्षमान र अमरेशको निर्णायक भुमिका

माओवादी एमाले मिल्नुमा विष्णु, वर्षमान र अमरेशको निर्णायक भुमिका


काठमाण्डु नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बन्ने निश्चित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको समर्थनमा दाहाल प्रधानमन्त्री बन्ने निश्चित भएको हो ।

संसदको तेस्रो ठुलो दल माओवादी केन्द्रका अध्यक्ष दाहाललाई १६६ सांसदको समर्थन जुटेको छ । सत्तारुढ दलभित्र सत्ता बांडफांडमा सहमति नजुटेपछि दाहालले गठबन्धन छोडेर एमालेसंग सहमति गरेका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा भएको चार घण्टा लामो छलफलपछि दाहालको नाममा सहमति भएको हो ।

उनलाई नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजान्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थन जुटेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले दाहाललाई राष्ट्रपति र प्रधानमन्त्री दुवै पद दिन नसकिने बताएपछि उनि बालकोटतिर संवादमा थिए । दाहाल र ओलीको बीचमा संवाद दुई नेताले गरेका थिए भने बाहिरबाट स्वतन्त्रबाट जितेका सांसद अमेरश कुमार सिंह सक्रिय थिए ।

सिंह सुरुदेखि नै दाहाललाई प्रधानमन्त्री बनाउनुपर्ने भन्दै अभिव्यक्ति दिंदै आएका थिए । उनलाई भारतिय संस्थापनकै दबावमा कांग्रेसको महाधिवेशन प्रतिनिधि हराउनुको साथै सांसदको टिकट पनि खोसिएको थियो ।

एमाले अध्यक्ष ओलीको तर्फबाट उपाध्यक्ष विष्णु पौडेल र माओवादी केन्द्रको तर्फबाट उपमहासचिव वर्षमान पुन सक्रिय थिए । दुवै जना नेताहरु बसेर सहमतिको खाका नै दुई दिनअघि तयार भइसकेको थियो । तर, कांग्रेससंग दाहालले वार्तालाई जारी नै राखेका थिए ।

प्रधानमन्त्री देउवाले दिल्लीको इशारामा आफुलाई प्रधानमन्त्री दिन नखोजेको बुझेका दाहालले आइतबार निर्णायक छलफलमा समेत पहिलो कार्याकाल नदिने अडान राखेपछि उनि बालकोट हानिएका हुन् । जवकी देउवा र ओलीबीच समेत शनिबार राति छलफल भएको थियो । तर, प्रधानमन्त्री देउवालाई ओलीले आफुलाई प्रधानमन्त्री दिन भनेपछि दुवै दलको सहकार्य समेत अघि बढ्न सकेन ।

देउवा निकट नेता निधी ओलीलाई भेट्न बालकोट पुगेर सहकार्यको लागि प्रस्ताव गरेपनि त्यो छलफल अघि बढ्न सकेन ।