काठमाण्डु – सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ब्युँताउने विषयमा पुनरावलोकन नहुने स्पष्ट पारेको छ ।
अदालतले नेकपा ब्यूँताउन माग गर्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको निवेदन पुनरावलोकन नगर्ने आदेश जारी गरेको हो ।
अध्यक्ष प्रचण्डले एमाले र माओवादी केन्द्र ब्युँताउने फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावलोकनका लागि निवेदन दिएका थिए ।
प्रधानन्याायधीश चोलेन्द्रशमशेर राणासहित न्यायाधीशद्वय तेजबहादुर केसी र प्रकाश ढुंगानाको पूर्ण इजलासले नेकपा ब्यूँताउने विषयमा पुनरावलोकन नहुने फैसला गरेको हो ।
गत फागुन २३ गते सर्वोच्चका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले नेकपा बदर गरेको थियो ।




प्रतिक्रिया