एमालेको समानुपातिक मत १० लाख कट्यो, माओवादीकाे कति ?


काठमाण्डु – समानुपातिक मतगणनाको पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेले १० लाखभन्दा बढी मत पाएको छ ।

निर्वाचन आयोगका अनुसार एमालेले अहिलेसम्म १० लाख ५ हजार ७२० मत पाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ९ लाख ५७ हजार ६४० मत प्राप्त गरेको छ ।

तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)रहेको छ । रास्वपाले ४ लाख ८४ हजार ८८६ मत पाएको छ । नेकपा माओवादी केन्द्र भने ४ लाख ४२ हजार १३२ मतसहित चौथो स्थानमा छ । पाँचौं स्थानमा रहेको राप्रपाले अहिलेसम्म २ लाख ५५ हजार ७५१ मत प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement