एमाले र माओवादीका महासचिव नै पराजित

एमाले र माओवादीका महासचिव नै पराजित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमाले र माओवादी केन्द्रका महासचिवद्धय शंकर पोखरेल र देव गुरुङ दुवै पराजित भएका छन् । एमाले महासचिव पोखरेल सत्ता गठबन्धनकी उम्मेदवार माओवादी नेतृ रेखा शर्मासंग दाङ क्षेत्र नम्बर २ बाट पराजित भएका हुन् । शर्मा जनयुद्धकालदेखि नै माओवादी आन्दोलनमा जोडिएकी नेतृ हुन् । उनि माओवादी केन्द्रको स्थायी समिति सदस्य छिन् ।

यो क्षेत्रबाट माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा यसअघि निर्वाचित भएका थिए । शर्मा सामान्य प्रशासनमन्त्री समेत बनेकी थिईन । सुरुमा महराले उम्मेदवारी दिने भनिएपनि अन्तिममा शर्माले टिकट प्राप्त गरिन् । अन्तिम परिणामअनुसार शर्माले २६ हजार ८ सय ७७ मत ल्याईन भने पोखरेलले २६ हजार ६ सय ८१ मत प्राप्त गरे ।

लुम्बिनी प्रदेशको राजधानी दाङ सारेको,केन्द्रीय राजनीतिमा बलियो पकड रहेको र स्थानिय तहको निर्वाचनमा समेत राम्रो नतिजा ल्याएकाले पनि पोखरेलले शर्मालाई पराजित गर्न सक्ने विश्लेषण थियो । तर, एमालेका शक्तिशाली महासचिव पोखरेल पूर्वमन्त्री शर्मासंग १ सय ९६ मतको झिनो अन्तरले पराजित भए ।

पोखरेलको हारले एमाले वृतमा तरंग ल्याएको छ । उनलाई एमालेभित्र भावी अध्यक्षका रुपमा समेत हेरिएको छ । पोखरेल यसअघि प्रदेशसभामा निर्वाचित भएका थिए भने त्यो भन्दा अघि समेत निर्वाचनमा पराजित भएका थिए ।

उता माओवादी केन्द्रका महासचिव गुरुङ समेत एमाले उपमहासचिव पृथ्वीसुब्बासंग पराजित भएका छन् । लमजुङबाट ३ हजार १८८ मतको फराकिलो अन्तरले माओवादी महासचिव पराजित भए । एमाले उपमहासचिवले ३४ हजार ९६९ मत ल्याए भने देव गुरुङले ३१ हजार ७८१ मत प्राप्त गरे ।

गुरुङ प्रदेशसभामा उम्मेदवार बनेर मुख्यमन्त्री बन्न इच्छुक भएपनि उनलाई पार्टीले संघमा उम्मेदवार बनाउने निर्णय गरेपछि उनि दबावमा थिए । अन्तिम समयमा टिकट परिवर्तन भएपनि उनी माओवादी महासचिव गुरुङलाई पराजित गर्न सफल भएका छन् । दुवै पार्टीका महासचिव पराजित भएसंगै एमाले र माओवादीका कार्यकर्ताहरुले सामाजिक संजालमा खुसियाली व्यक्त गरिरहेका छन् ।