काठमाण्डु– सत्ता गठबन्धनमा प्रदेश सरकारको नेतृत्व बांडफांडमा सहमति भएको छ । सत्ताको नेतृत्व गरेको माओवादी केन्द्र र एमाले नेतृत्वबीच प्रदेश सरकारको नेतृत्व कसले गर्ने भन्नेमा सहमति भएको हो । दुवै दलबीच प्रदेशमा क–कसले लिने भन्नेमा टुंगो लागेपनि नेतृत्वको टुंगो भने नलागेको हो ।
दुवै दलबीच वागमती र लुम्बिनीमध्ये कुन लिने भन्नेमा छलफल चलिरहेको छ । तर, अरु प्रदेशको हकमा शिर्ष तहमा सहमति भइसकेको छ ।
दुवै प्रदेशमा एमाले र माओवादी केन्द्रभित्र मुख्यमन्त्रीका दावेदार धेरै छन् । वागमतिमा माओवादीभित्र सरल सहयात्री,युवराज दुलाल र शालिकराम जमरकट्टेल मुख्यमन्त्रीको दौडमा छन् । लुम्बिनीमा एमाले नेता लीला गिरी मुख्यमन्त्री पाउनुपर्ने भन्दै लविङमा छन् ।
नेताहरुबीच प्रदेश १ ,गण्डकी, र कर्णालीको मुख्यमन्त्री एमालेले लिने सहमति भएको छ । तिनै प्रदेशमा एमालेका प्रभावशाली नेताहरु हिक्मत कार्की, खगराज अधिकारी र यामलाल कंडेल संसदीय दलको नेता चयन भइसकेका छन् । उनिहरु नै मुख्यमन्त्री बन्ने लगभग निश्चित छ ।
बांकी सुदुरपश्चिम र वागमतीमा माओवादी केन्द्रलाई दिने सहमति छ । यद्यपी लुम्बिनीमा समेत माओवादी र एमाले नेताहरुले दोहोरो दावी गरिरहेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका यसअघिका स्वकिय सचिव जोखबहादुर महरा लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको दौडमा छन् ।
सुदुरपश्चिमको मुख्यमन्त्रीमा माओवादी नेत खगराज भट्ट बन्ने लगभग निश्चित छ । यद्यपी माओवादी केन्द्रले अहिलेसम्म दलको नेता चयन गरिसकेको छैन । दल नेतामा अरु नेताहरुले दावी गरेपनि भट्ट नै दल नेता बन्ने माओजादी स्रोत बताउंछ । उनलाई नै नेतृत्वले मुख्यमन्त्री बनाउने गरी गृहकार्य अघि बढाएको छ ।
मधेष प्रदेशमा जसपा र सिके राउत नेतृत्वको जनमत पार्टीले समेत सरकारको दावी गरेका छन् । यहां एमाले प्रदेशमा पहिलो पार्टी भएकाले सरकारको नेतृत्व छोड्न नहुने दबाव समेत छ । तर, दलहरुको बीचमा जसपालाई प्रदेशको नेतृत्व दिनेमा सहमति छ । जसपाबाट मुख्यमन्त्रीको लागि लालबावु राउत,रामआशिस यादव र सरोज यादव दावेदार छन् ।




प्रतिक्रिया