एमालेमा माओवादीसंग तालमेल गर्न तिब्र दबाव


काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले  बामपन्थी शक्तिसंग चुनावमा तालमेल गर्ने निर्णय गरेको छ । स्थानिय तहको निर्वाचनमा पहिलो दल बनेको एमालेले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा बामपन्थी दलहरुसंग सहकार्य र तालमेल गर्ने निर्णय गरेको हो ।  

 

 

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आइतबार बसेको  स्थायी समितिको बैठकले आगामी निर्वाचनमा बाम पार्टीहरुसंग सहकार्य गर्ने निर्णय गरेको हो । एमालेले  त्यसका लागि माओवादी केन्द्रसहित अन्य बामपन्थी दलहरुसंग छलफल चलाउने निर्णय समेत गरेको छ ।

 

 

एमालेमा माओवादी केन्द्रसंग सहकार्य तोडेर गम्भिर गल्ती भएको भन्दै प्रभावशाली नेताहरुले माओवादीसंग सहकार्य गर्नुपर्ने दबाव पार्टी नेतृत्वलाई दिएका थिए ।  एमालेको केन्द्रिय समितीको बैठकमा समेत नेतृत्वको चर्को आलोचना भएको थियो ।

 

एमाले अध्यक्ष केपी ओलीले आलोपालो प्रणालीअनुसार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सत्ता हस्तान्तरण नगर्दा माओवादीले समर्थन फिर्ता लिएपछि ओली सरकार ढलेको थियो ।

 

 

त्यसयता माओवादी र एमालेको सम्बन्ध समधुर हुन सकेको छैन् । एमाले नेता प्रदीप ज्ञवालीले स्थायी समितीको बैठकले बाम दलहरुसंग तालमेलको लागी पहल गर्ने निर्णय गरेको बताए । ज्ञवालीअनुसार त्यसका लागी  पार्टी अध्यक्ष ओलीले छलफल सुरु गर्ने तयारी गरेका छन् ।

 

 

 

एमाले नेता माधव नेपाल र माओवादी अध्यक्ष प्रचण्डबीच गोप्य भेटघाट सुरु भइसकेको उच्च राजनीतिक स्रोतले काठमाडौंपाटीलाई बतायो ।

 

एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकोबीचमा एक साता अघि भएको गोप्य भेटमा नयां ढंगले सहकार्य सुरु गर्ने सहमती भइसकेको उच्च स्रोतले जानकारी दियो । माओवादी नेताहरुले एमाले अध्यक्ष ओलीको अहंकार नै सहकार्य र तालमेलको बाधक भएको बताउदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement