माओवादी र एमालेका शिर्ष नेता बालुवाटारमा,यस्तो छ तयारी ?


काठमाडौं– एमाले–माओवादी केन्द्रको संयुक्त कार्यदलको बैठक बस्दैछ । पार्टी एकताका प्रारम्भिक आधारमा सहमति गरेका दुई दलले एकतासम्बन्धी संगठनात्मक तथा सैद्धान्तिक आधार तयार पार्न दुई वटा कार्यदल गठन गरेका थिए ।

दुवै कार्यदलको संयुक्त बैठक बस्न लागेको माओवादी नेता शक्ति वस्नेतले जानकारी दिए । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक अहिले ११ बजेदेखी सुरु हुंदैछ । कार्यदलले तयार पारेको प्रस्ताव दुवै पार्टीका अध्यक्षलाई बुझाउनेछन्।

दुवै पार्टीका अध्यक्षले निर्णय गरेको राजनितीक प्रतिवेदन तयार पार्ने सहमतीमा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ,शक्ति बहादुर बस्नेत, देव गुरुङ, पम्फा भुषाल, देवेन्द्र पौडेल छन् भने एमालेबाट माधव नेपाल, भिम रावल,प्रदिप ज्ञवाली,रघु पन्त र सुवास नेम्वाङ सदस्य छन् ।

त्यसैगरी संगठन विधान प्रतिवेदन समितिमा माओवादीबाट रामबहादुर थापा बादल, बर्षमान पुन,गिरीराजमणी पोखरेल र जनार्दन शर्मा छन् । एमालेबाट ईश्वर पोखरेल,सुरेन्द्र पाण्डे,विष्णु पौडेल, रघुवीर महासेठ र वेदुराम भुषाललाई समितिमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement