काठमाण्डु – नेकपा एमालेको पदाधिकारी बैठक ११ बजेका लागी बोलाइएको छ । एमालेको १० औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक भक्तपुरस्थित जर्मन पार्टी प्यालेसमा बस्दैछ ।
केन्द्रीय कमिटीको बैठक अघि पदाधिकारी बैठक बस्न लागेको सचिव लेखराज भट्टले जानकारी दिए । पदाधिकारी बैठक बस्ने भएपछि ११ बजेका लागी बोलाइएको केन्द्रीय समितिको बैठक १ बजे बस्ने भएको छ ।
आजको बैठकले स्थायी समिति,पोलिटब्युरा गठन गर्ने र केन्द्रीय सदस्यको मनोनित गर्ने कार्यसूची छ । बैठकले जिल्ला र प्रदेश अधिवेशनको मिति तोक्ने र नेताहरुको कार्यविभाजन समेत गर्नेछ ।




प्रतिक्रिया