एमाले केन्द्रीय सचिवालयको बैठक जारी


काठमाण्डु – नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक भक्तपुरमा बसिरहेको छ । उक्त बैठक बुधबार भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा सुरु भएको हो ।

एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवालीले स्थानीय तह निर्वाचन तयारी र राष्ट्रियसभाको हालै सम्पन्न निर्वाचन समीक्षाबारे पनि छलफल गर्ने जानकारी दिएका छन् ।

बैठकले पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिकालाई अन्तिम रुप दिने भएको छ। विभागहरू गठन, प्रदेश, जिल्ला र जनसंगठनका अधिवेशबारे पनि छलफल गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement