एमाले केन्द्रीय समितिको बैठक आज पनि बस्दै, चुनावी घोषणापत्र केन्द्रित छलफल हुने

एमाले केन्द्रीय समितिको बैठक आज पनि बस्दै, चुनावी घोषणापत्र केन्द्रित छलफल हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – स्थानीय तह निर्वाचन केन्द्रीत रणनीति तय गर्न बसेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बिहीबार पनि बस्दैछ ।

एमालेको जारी केन्द्रीय कमिटी बैठकमा बिहीबार स्थानीय निर्वाचनको घोषणापत्र केन्द्रित छलफल हुने भएको हाे। बुधबार सुरु भएको बैठकमा निर्धारित ११ वटा एजेन्डामाथि छलफलपछि निर्णय सुनाउँदै बैठक समापन गर्न लागेको एमालेले जनाएको छ ।

घोषणापत्रमा पार्टीले समावेश गर्ने एजेण्डाको विषयमा छलफल हुने कार्यसूची रहेको केन्द्रीय कमिटी सदस्य अइन्द्रसुन्दर नेम्बाङले जानकारी दिए। निर्वाचन रणनीतिसँगै उम्मेदवार चयनको मापदण्डबारे पनि छलफल हुने उनले बताए।

यस्तै, अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि पनि केही समय छलफल हुने भएको छ। बैठकमा रिपोर्टिङ भने बुधबार नै सकिएको छ। एमालेले ९ वैशाखमा निर्वाचन घोषणापत्र सार्वजनिक गर्ने जनाएको छ।