काठमाण्डु – नेकपा एमालेले विपक्षी गठबन्धनमा लागेका १२ जना नेताहरुलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।
सोमबार बसेको एमाले स्थायी कमिटीको बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने १२ जना नेतालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको हो ।
स्पष्टिकरण सोध्नेहरुमा घनश्याम भुसाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञराज सुनुवार, मेटमणि चौधरी, दिपक प्रकाश भट्ट र नारायण खतिवडा रहेका छन् ।




प्रतिक्रिया