एमाले सचिवालय बैठक: वरिष्ठसहित ७ उपाध्यक्षलाई तोकियो विशेष जिम्मेवारी

एमाले सचिवालय बैठक: वरिष्ठसहित ७ उपाध्यक्षलाई तोकियो विशेष जिम्मेवारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले गठबन्धन सरकारको जनविरोधी कामविरुद्ध भण्डाफोर अभियान चलाउने भएको छ । एमाले केन्द्रीय सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै पार्टीका उपमहासचिव पृथ्बीसुब्बा गुरुङले गठबन्धन सरकारको जनविरोधी कामको विरोध गर्ने निर्णय भएको जानकारी दिए।

त्यसैगरी आजको बैठकले पार्टी नेता कार्यकर्तालाई सातै प्रदेश र जिल्लामा प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको जनाइएको छ । बैठकले प्रशिक्षणका लागि कमाण्डर समेत तोकेको हो ।

गुरुङले प्रदेश १ का लागि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, मधेस प्रदेशका लागि उपाध्यक्ष सुरेन्द्र पाण्डे, बागमती प्रदेशका लागि विष्णु पौडेल, गण्डकीमा अष्टलक्ष्मी शाक्य, लुम्बिनीमा सुवास चन्द्र नेम्वाङ, कर्णालीमा रामबहादुर थापा र सुदूरपश्चिममा युवराज ज्ञवालीलाई संयोजनको जिम्मेवारी तोकेको बताए ।

त्यस्तै सदस्यता नवीकरणका लागि प्रदेश कमिटीको संयोजनमा व्यवस्थापन गर्ने गर्ने एमालेले जनाएको छ । त्यसैगरी आजको बैठकले नेकपा एमालेका केही विभागहरूमा सचिव तोकेको छ ।

जस अनुसार वित्त तथा कोष विभागको सचिवमा डा. भीष्म अधिकारी, संगठन विभागको सचिवमा सम्झना देवकोटा,उपभोक्ता संरक्षण हितमा मोहनी खनाल, श्रम तथा रोजगारमा जनक चौधरी संगठन विभागमा सूर्य पाठक,सामाजिक सेवा विभागमा डा. नेत्रप्रसाद तिमिल्सना,स्वास्थ्यमा राजेश थापा रहेका छन् ।

त्यस्तै स्थानीयमा हर्क राई, प्रचार तथा प्रकाशनमा गगन विष्ट, परराष्ट्रमा अञ्जान शाक्य, संघीय मामिला तथा सामान्यमा शिव गुरुङ, ऊर्जामा पुष्पज्योती ढुंगाना,अर्थमा योगेन्द्र शाही र कानुनमा डिल्लीराम मैनालीलाई चयन गरिएको छ ।