एमाले सचिवालय बैठक : थप ३ नयाँ विभाग गठन

एमाले सचिवालय बैठक : थप ३ नयाँ विभाग गठन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले थप तीन वटा नयाँ विभाग गठन गरेको छ । आइतबार बसेको सचिवालय बैठकले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग, वन तथा वातावरण विभाग र अर्थ तथा योजना विभाग गठन गरेको हो ।

त्यस्तै बैठकले अनुसन्धान प्रतिष्ठानले पेश गरेको कार्यविधि र स्थानीय विभागको निर्देशका पास गरेको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।