एमाले स्थायी कमिटी बैठक बस्दै,चुनावी रणनीति तय गरिने

एमाले स्थायी कमिटी बैठक बस्दै,चुनावी रणनीति तय गरिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्न लागेको हो ।

मंगलवार स्थायी कमिटी बैठक बोलाएको नेकपा एमालेले भदौ ९ गते पोलिटव्युरो र १० र ११ गते केन्द्रीय कमिटी बैठक आब्हान गरिसकेको छ ।

आज बस्ने स्थायी कमिटी बैठकले चुनावको तयारीका बारेमा छलफल गर्नेछ ।  सो बैठकले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि पार्टीका घोषणापत्र, चुनावी रणनीति तथा अन्य तयारीलगायतको बिषयमा छलफल गर्नेछ ।

गत साउन २६ गते बसेको एमाले सचिवालय बैठकले भदौ ७ गते स्थायी कमिटी बैठक, भदौ ९ गते पोलिटब्युरो बैठक, भदौ १० र ११ गते केन्द्रीय कमिटी बैठक तथा भदौ १२ गते केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक बोलाउने निर्णय गरेको थियो ।