नेकपा एमालेको सचिवालय बैठक स्थगित

नेकपा एमालेको सचिवालय बैठक स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-  नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक स्थगित भएको छ । समानुपातिक सांसद छनौट गर्न आज बस्न लागेको एमालेको सचिवालय बैठक स्थगित भएको एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

एमालेले प्रत्यक्षतर्फ ४४ सिट जितेको छ भने समानुपातिकतर्फ ३४ सिट प्राप्त गरेको छ । बैठक एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा दिउंसो १ बजेका लागि बोलाइएको थियो ।