काठमाण्डु – नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा अोलीले स्थायी कमिटी बैठक बोलाएका छन् ।
पार्टीभित्रका आन्तरिक विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीलले आइतबार साँझ ५ बजे बैठक बोलाएका हुन् । आजको बैठकले माधव नेपाल समूहका १२ जना नेतामाथि कारबाही गर्न सक्ने स्रोतले जानकारी दियो ।
प्रधानमन्त्री अोलीले पार्टीनिर्णयविरुद्ध गएका नेता समूहका १२ जना सांसदलाई स्पष्टिकरण सोधेका थिए । उनीहरुले हालसम्म पनि जवाफ पठाएका छैनन् ।
एमालेले घनश्याम भुसाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञराज सुनुवार, मेटमणि चौधरी, दिपक प्रकाश भट्ट र नारायण खतिवडालाई स्पष्टिकरण सोधेको थियो ।
यसअघिको स्थायी कमिटीको बैठकले माधव नेपाल, झलनाथ खनालसहित ११ जना नेतालाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्काशन गरेको थियो ।
निष्काशित हुनेहरुमा नेता नेपाल, खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा देवी जैरु रहेका छन् ।




प्रतिक्रिया